स्नायु प्रणाली अर्थात न्युरोन्स् कोषिकाहरुले बनेको जटिल समुह हो । स्नायु प्रणालीलाई शरीरको इलेक्ट्रोनिक तार पनि भनिन्छ । जसले प्रत्येक अंगको संकेत एक–अर्कामा पुर्याउँछ । संरचनात्मक रुपमा हाम्रो शरीरमा दुई किसिमका स्नायु प्रणालीहरु हुन्छन् : केन्द्रिय स्नायु र परिधीय स्नायु ।
केन्द्रिय स्नायु र परिधीय स्नायु । केन्द्रिय स्नायु प्रणाली मस्तिष्क र मेरुदण्डसँग सम्बन्धित हुन्छ । यी दुई अंगबाहेक सबैमा परिधीय हुन्छ ।
स्नायु प्रणालीबारे केही रोचक तथ्य छन् :
१. मानव मस्तिष्कमा सयभन्दा बढी न्युरोन्स हुन्छन् ।
२. एक मिल्की वेमा भएका ताराहरुभन्दा पनि बढी स्नायु मानव मस्तिष्कमा हुन्छन् ।
३. मानव मस्तिष्कमा भएका सबै स्नायु जोड्ने हो भने नौ सय ६५ किलोमिटर लामो बन्छ ।
४. मानव मस्तिष्क दायाँतिर भएका न्युरोन्सले शरीरको बायाँ भाग र बायाँ भाग तिरका न्युरोन्सले दायाँ भाग लाई नियन्त्रण गर्छ ।
५. नवजात शिशुले जन्मिनुभन्दा पहिला आधाभन्दा बढी स्नायु कोषहरु नष्ट गर्छन् । जुन पछि निर्माण हुन्छन् ।
६. मानव मेरुदण्डमा १३ दशमलव ५ न्युरोन्स हुन्छन् ।
७. स्नायु प्रणलीमा कुनै सञ्चार १०० मिटर प्रतिसेकेण्डका रुपमा सञ्चारित हुन्छ । कतिपय अवस्थामा यसको गति १८० मिटर प्रतिसेकेण्डसमेत हुन्छ ।
८. पुरुषको दिमागमा महिलाको तुलनामा ग्रे म्याटर ६ दशमलव ५ भन्दा बढी हुन्छ ।
९. महिलाको दिमागमा सेतो म्याटर पुरुषको तुलनामा १० गुणा बढी हुन्छ ।