सुशील र प्रियंकाको नृत्य खिच्दै सकियो ‘बादशाह जुट’



काठमाडौं : फिल्म 'बादशाह जुट'को छायाँकन सकिएको छ। सोमबार ललितपुरको श्रीकाली चौरमा फिल्ममा समावेश गीतको छायाँकन गरिएसँगै फिल्मको सम्पूर्ण छायाँकन सकिएको हो। 

 

लोक फ्लेभरको गीतमा नायिका प्रियंका कार्की, शुशिल श्रेष्ठ र आमिर गौतमले नृत्य प्रस्तुत गरेका छन्। जोनी सिंह राणाको निर्देशनमा तयार भएको यस फिल्मले छायाँकन सकिएसँगै रिलिज मिति पनि तय गरेको छ। निर्देशक राणाका अनुसार फिल्म अग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १३ गतेबाट प्रदर्शनमा आउँदैछ। 

 

फिल्मको छायाँकन बैशाखबाट सुरु भएपनि फिल्मको छायाँकन सक्न ६० दिन लागेको निर्माता भोजराज श्रेष्ठ बताए। 'बादशाह जुट'को छायाँकनमा आफुले कुनै पनि कुराको कमी हुन नदिएको निर्माता श्रेष्ठको दाबी छ। 'बादशाह जुट'मा सुशील र आमिरसँगै रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको मुख्य भूमिका रहेको छ।

 

 नायिका प्रियंका कार्की भने फिल्मको विशेष भूमिका रहेको छ। 'एच एण्ड बि फिल्मस्' र 'गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट'को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ