काठमाडौं: तत्कालिन माओवादीका पूर्वलडाकूले आज गृहमन्त्रालय परिसरमै विष पिएका छन् । विस्तृत शान्ति सभ्झौता भएको १२ वर्ष पुगेकै दिन माओवादी पूर्वलडाकू कुलप्रसाद भट्टराईले गृहमन्त्रालयमा विष पिएका हुन् । कालिकोटका ३४ वर्षीय पूर्वलडाक भट्टराईले बिष पिउनुको कारण खुलेको छैन ।
गम्भीर बिरामी उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।