नेपालमा डेनमार्कको दूतावास खोल्न काँग्रेससँग छलफल



काठमाडौँ:  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारी तथा डेनमार्कका सांसद र नेताको टोलीबीच नेपालमा डेनिस राजदूतावास पुनःस्थापनाको विषयमा छलफल भएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको भेटमा पूर्वप्रधानमन्त्री देउवाले डेनमार्कले नेपाललाई गर्दै आएको सहयोगको सराहना गर्दै निरन्तरताको अपेक्षा गरेका भेटमा सहभागी सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

डेनमार्कको सत्ता र प्रतिपक्ष दलका सांसद तथा नेतासहितको टोलीले प्रतिपक्षी दल काङ्ग्रेसको भूमिका, नेपालको आर्थिक तथा सामाजिक चुनौती, संविधान कार्यान्वयनलगायत विषयमा पनि चासो व्यक्त गरेको थियो । भेटमा सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, राष्ट्रियसभामा काङ्ग्रेसका नेता सुरेन्द्रराज पाण्डे, सांसद डा मीनेन्द्र रिजाललगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्