कर्मचारीसँग कड्किए ओलीः अब ‘तर, पनि, यदि’ चल्दैन



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ भनेर उन्कन नपाउने बताएका छन् । कुनै प्रकारको ढिलासुस्ती स्वीकार्य नभएको उनको भनाई छ । 

वजेट कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सरकार गठनको नौ महिनासम्म पनि पुरानै बानी नहटेको भन्दै असन्तुटि जनाएका थिए ।

‘एउटा टेवलबाट अर्को टेवलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरवारको एउटा कार्यलयबाट अर्को कार्यलयमा पत्र पुग्न महिनौं लाग्ने । यो पाराले कसरी अघि बढ्न सकिन्छ ?’ मन्त्री तथा सचिवहरु उपस्थित बैठकमा उनले भने ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाटै ढिलासुस्ती भएको भए पनि नलुकाउन आग्रह गरे । ‘ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्नुहोस् । त्यस्ता ढिलासुस्तीका कारणलाई निरुपण गर्नेतर्फ मेरो ध्यान जान्छ’ उनले भने, ‘तर, अब कहीँ पनि ढिलासुस्ती स्वीकार्य छैन ।’

सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफ्ना कमजोरीलाई तर्कको लेपनले टाल्ने चेष्टा नगर्न पनि चेतावनी दिए । 

प्रधानमन्त्री ओलीले केही तत्वहरु लोकतन्त्रको जरा काट्न उद्दत रहेको टिप्पणी गरे । 

बैठकमा भौतिक पूर्वाधार, सूचना प्रविधि, उर्जा, कृषि, उद्योग मन्त्रालय र पुननिर्माण प्राधिकरणका सचिवले आ–आफ्नो चौमासिक प्रगति विवरण पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्