एजेन्सी : इटाली र फ्रान्सका संचार माध्यमले प्रतिष्ठित बालुन डि’ओर अवार्डको अन्तिम ३ मनोनयनमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो नपरेको खुलासा गरेका छन् ।
खबरमा जनाइएअनुसार अन्तिम ३ मनोनयनमा लुका मोड्रिच, राफेल भरान र केलिएन एमबाप्पे परेका छन् । एमबाप्पे र भरान विश्वकप विजेता फ्रान्सका हुन् । मोड्रिच उपविजेता क्रोएसियाका हुन् ।
मेस्सी र रोनाल्डोको कम भोट आएको बताइएको छ ।
यदी खबर साँचो भए मेस्सी र रोनाल्डो एक दशकमा पहिलो पटक यस अवार्डको अन्तिम ३ मा पर्न असफल हुनेछन् । बालुन डि’ओर अवार्ड डिसेम्बर ३ तारिखमा वितरण गरिँदै छ ।
लुका मोड्रिचले यस वर्ष यूइएफए वर्ष उत्कृष्ट खेलाडी तथा फिफा वर्ष खेलाडीको अवार्ड प्राप्त गरिसकेका छन् ।
उनैलाई बालुन डि’ओरको प्रमुख दाबेदार मानिएको छ ।