एजेन्सी : युएर्इमा आजदेखि सुरु हुने टी–१० लिग क्रिकेटमा सन्दीप लामिछाने सहभागी केरला किंग्सले पहिलो खेल खेल्दैछ । केरलाले नेपाली समय अनुसार सवा १० बजे हुने खेलमा पख्तुनसँग प्रतिष्पर्धा गर्न लागेको हो ।
क्रिकेटको सबैभन्दा सानो रुप टी–१० मा कुल ८ टोलीको सहभागिता रहेको छ । आज हुने पहिलो खेलमा भने सिन्धिस र राजपुतबीच खेल हुँदैछ । केरलाको कप्तानमा इङ्ग्ल्याण्डका इयान मोर्गन रहेका छन् भने अन्य खेलाडीमा क्रिस गेल, उपुल थरङ्गा, केयरन पोलार्ड, मोहम्मद नाविद, टम कुरान लगायत रहेका छन् ।
केरलाले सन्दीपलाई ३० हजार अमेरिकी डलरमा टोलीमा अनुबन्ध गराएको थियो ।