शौचालयको ट्यांकीमा डुबेर बाजे नातीको मृत्यु



 

पर्सा । पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ मा शौचालयको ट्यांकीमा डुबेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५१ वर्षिय पल्टन शाह र उनका १२ वर्षिय नाती गौतम शाह रहेका छन् ।

मंगलबार बिहान ८ बजे सौचालयको ट्यांकी सफा गर्न भित्र छिरेका उनीहरु ३ घण्टासम्म बाहिर ननिस्किएपछि खोजी कार्य भएको थियो । ट्यांकीमा हेर्न जाँदा उनीहरुको मृत्यु भइसकेको इलाका प्रहरी कार्यलय पोखरीयाले जनाएको छ ।

दुबै जनाको शवलाई पोष्टमार्टमको लागि नारायणी उप–क्षेत्रिय अस्पातालमा ल्याइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्