मिस वर्ल्डको प्रतिस्पर्धामा शृंखला अगाडि



काठमाडौं : यस बर्षको विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल शृखंला खतिवडा अग्रपंक्तिमा देखिएकी छन् । बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् । 

मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धा चीनको सान्या सहरमा जारी छ । प्रतियोगितामा एक सय २१ देशका सुन्दरी सहभागी छन् । 

शृंखला उत्कृष्ट ३० मा छनौट भई अन्तिम चरणमा प्रवेश गरिसकेकी छन् । 

मिस वर्ल्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार राति १२ बजेसम्म २८.५५ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन् । उनले ७२ हजार एक सय ८४ मत प्राप्त गरेकी छन् । आजको अन्नपुर्ण पोष्टमा यो समाचार छ । 

प्रतिक्रिया दिनुहोस्