मनाङ एयरको प्रतिबन्धित हेलिकप्टर सिमकोट ल्याइयो



सिमकोट: उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पुर्‍याइएको छ । 

मनाङको ‘९ एन-एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री-ई’ सिरिजको हेलिकोप्टरलाई श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो । 

गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पङ्खाले लागेर एक भारतीयको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो । 

प्राधिकरणले उडान प्रतिबन्ध लगाएपछि हिल्साको हेलिप्याडमै राखिएको हेलिकप्टर डेढ महिनापछि जिल्ला सदरमुकाम सिमकोट ल्याइएको सिमकोट विमानस्थलका निमित्त प्रमुख किरण दाहालले जानकारी दिए । 

पछाडिको पङ्खाले लागेर मानसरोबर दर्शनमा हिँडेका मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कात्तिक मेहताको घटनास्थलमै मृत्यु भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्