जग्गा खेलकुदकाे, रजाइँ अरुकाे



जनकपुरधाम : जनकपुरमा खेलकुदले उपभोग गरिरहेको १० बिघाभन्दा बढी जग्गा राखेपको नाममा दर्ता हुन सकेको छैन । खेलकुदका लागि छुट्याइएको जग्गा व्यक्ति र संघ–संस्थाले अतिक्रमण गर्ने क्रम समेत बढ्दै गएको छ ।

२०४१ सालमा तत्कालीन अधिराजकुमार धिरेन्द्रले जनकपुरको पिडारीमा नेपालकै ठूलो कर्भडहल उद्घाटन गरेका थिए । त्यसपछि जनकपुर अञ्चल खेलकुद विकास समितिले कुमार खड्ग विक्रम शाहको नाउँमा दर्ता रहेको छ बिघा १७ कठ्ठा जग्गा ४० हजार रूपैयाँ प्रतिकठ्ठाको दरले किन्ने निर्णय गरेको थियो ।

जग्गा किन्दा राखेपले ५०, जनकपुर चुरोट कारखाना लिमिटेडले २५ र जनकपुर नगरपञ्चायतले २४ प्रतिशत खर्च बेहोर्ने निर्णय भएको थियो । रकम प्राप्त भएपछि उक्त जग्गा तात्कालीन जनकपुर अञ्चल खेलकुद विकास समितिको नाममा हक हस्तान्तरण गर्ने करारनामा पनि भएको थियो । कुमार खड्गविक्रम शाह र तात्कालीन अञ्चलाधीश नवराज गुरुङले करारनामामा हस्ताक्षर गरेका थिए ।

यस्तो निर्णयपछि राखेपले बेहोर्ने भनिएको ५० प्रतिशतमध्ये पाँच प्रतिशत अर्थात् दुई लाख ७४ हजार छ सय रूपैयाँ कुमार खड्गविक्रम शाहलाई पेस्की दिइएको थियो । तर जनकपुर चुरोट कारखाना र जनकपुर नगरपालिकाले दिन्छु भनेको रकम दिएनन् । 

करारअनुसार प्रतिकठ्ठा ४० हजारका दरले जम्मा ४८ लाख सात हजार रूपैयाँ भुक्तानी हुनु पर्ने थियो । तर त्यो रकम भुक्तानी भएन । त्यसैले त्यो जग्गा अझै पनि राखेपको नाममा हस्तातरण हुन सकेको छैन । खड्गविक्रमका छोरा दिवशविक्रम शाहले बाँकी रकम माग्दै राखेपलाई ताकेता समेत गरेका थिए । आजको अन्नपूर्ण पोष्टमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्