तीरले हानेर अमेरिकी नागरिकको हत्या



एजेन्सी : अण्डमान निकोबर द्वीपको एक समूहले नर्थ सेन्टीनल द्वीपमा एक अमेरिकी नागरिककको तीरले हानेर हत्या गरेका छन् । जोन एलिन शाओ नाम गरेका २७ वर्षीय नागरिक स्थानीय मछुवारेको साथ डुंगा चढेर सेन्टीनल द्वीपमा गएका थिए । 

सेन्टीनल द्वीपमा एक आदीवासी समूह रहेको छ, जसलाई सेन्टीनेलिज भनिन्छ । यिनीहरुको बाहिरी दुनियाँसँग कुनै सम्पर्क छैन । प्राप्त जानकारीका अनुसार जोन शाओले द्वीपमा पाइला राखेपछि आदीवासीले तीरको वर्षा गरेका थिए । यो देखेर उनको साथमा गएका स्थानीय मछुवारे भागेका थिए । 

यो घटना १८ नोभेम्बरमा भएको बताइएको छ । घटनामा अवैधरुपमा शाओलाई द्वीपमा लगेको आरोपमा सातजना माछुवारे समूहका मानिसलाई पक्राउ गरिएको छ । शाओ अमेरिकाको अल्बामा निवासी थिए । उनी इसाई धर्मको प्रचारका लागि अण्डमान आउने गरेका थिए । 

समाचार एजेन्सी एपीएफको रिपोर्टका अनुसार जोन १४ नोभेम्बरमा यो द्वीपमा जान प्रयास गरेका थिए । त्यतिबेला उनी सफल भएनन् । त्यसको दुईदिनपछि उनी फेरि दोस्रो पटक त्यहाँ जाने कोसिस गरेका थिए ।

रिपोर्टमा भनिएको छ ‘जोनमाथि तीरले हमला भयो तर पनि उनी द्वीपतर्फ हिँडिरहे, माछामार्ने व्यक्तिले देखेका थिए जनजाति समूहले उनको घाँटी डोरी बाँधेर उनलाई घिसार्दै लगे, यो देखेपछि मछुवारे डराएर भागे ।’ 

२० नोभेम्बरमा उनको शव बरामद भएपछि यो घटना बाहिर आएको छ । 

प्रतिक्रिया दिनुहोस्