छात्रवृत्तिमा पढेका तोकिएको ठाउँमा नगए बिगो भराउने



काठमाडौं : सरकारले छात्रवृत्तिमा अध्ययन गरेकाहरु खटाएको ठाउँमा सेवा गर्न नगए पढाइमा लागेको सम्पूर्ण खर्च बराबरको बिगो भराउने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहप्रवक्ता विष्णुप्रसाद मिश्रले मन्त्रालयले तयार पारेको संघीय शिक्षा ऐनको मस्यौदामा मेडिकल, इन्जिनिरिङलगायतका विषय सरकारी छात्रवृत्तिमा अध्ययन गरेकाहरुले पाँच वर्षसम्म अनिवार्य रुपमा सरकारले खटाएको ठाउँमा सेवा गर्नुपर्ने करारनामा गर्ने व्यवस्था गर्न लागेको बताए ।

नेपाल सरकारको छात्रवृत्ति प्राप्त गरी सरकारले खटाएको ठाउँमा सेवा नगरेमा त्यस्तो व्यक्तिले अध्ययन गरेको मुलुक, विषय, स्तर, अवधि, निजले प्राप्त गरेको छात्रवृत्ति रकम र उसले अध्ययन गरेको शिक्षण संस्था वा विश्वविद्यालयको प्रतिष्ठा बमोजिम बिगो निर्धारण गरी बिगो बराबरको रकम सो व्यक्तिबाट भराउन सक्ने व्यवस्था संघीय शिक्षा ऐनमा गरिँदैछ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्