शेखरको विजयी सुरुवात



काठमाडौं : प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु भएको छ। त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको उद्घाटन खेलमा यू–१९ को ४९ केजी तौल समूहमा रोल्पाका शेखर पुरीले कास्कीका दिपु कार्कीलाई हराए। ४९ केजी तौल समूहमै दाङका सुरज ओलीले अल्फाका सुजल पुनमगरलाई अंकका अधारमा हराए।

 

यसैगरी ५२ केजी तौल समूहमा नक्सालका बिजेन्द्रप्रताप शाहले अल्फाका भियोजित पुनमगरलाई अंकका आधारमा हराए। ५२ केजी तौलमा यानब थुलुङ राईले एलेन बाडगामीलाई, निर्मल सुवेदीले यमन श्रेष्ठलाई, अमर गुरुङले लक्ष्मण राई, रोहन माल्किले बेदबहादुर ओली र समीर चौधरीले सागर मल्ललाई हराए। मंसिर ८ सम्म सञ्चालन हुने प्रतियोगितामा यू–१९ महिलातर्फ ४८, ५१, ५, ५७ र ६० केजीका तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ४९, ५२, ५६, ६० र ६४ तौलमा प्रतिस्पर्धा हुनेछ।

 

यसैगरी यू–१९ देखि २४ मुनिको महिलामा ४८, ५१, ५४, ५७, ६० र ६४ केजीका तौल समूह समावेश छ। पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी तौलमा प्रतिस्पर्धा हुनेछ। नेपाल बक्सिङ संघको आयोजनामा सञ्चालित प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले उद्घाटन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्