बलिउडका अविवाहित हिरोइन



तब्बु – ४७ वर्ष

अभिनयका कारण आफ्नो बेग्लै परिचय स्थापित गरेकी तब्बु अहिलेसम्म अविवाहित छिन् । उनी ४७ वर्षकी भइसकिन् । तब्बुको प्रेमकहानीबारे बलिउडमा खासै चर्चा हुने गर्दैन । खासमा उनी बिहे गर्न चाहन्छिन् कि चाहँदिनन्, त्यो कुरा पनि स्पष्ट रूपमा आउने गरेको छैन । केहीले भने जवानीमा प्रेममा धोका पाएकाले उनको बिहेप्रति नै विश्वास टुटेको बताउने गर्दछन् ।

अमिशा पटेल–४२ वर्ष

कहोना प्यार हैबाट हिरोइन बनेकी अमिशा पटेल पनि अहिलेसम्म अविवाहित छिन् । उनको उमेर ४२ वर्ष भइसक्यो । केही पुरुषसँग प्रेमको चर्चा चल्ने गरेको भए पनि उनले अहिलेसम्म जीवनसाथीचाहिँ फाइनल गरिसकेकी छैनन् ।

सुस्मिता सेन– ४३ वर्ष

एक समयकी चर्चित हिरोइन तथा विश्वसुन्दरी सुस्मिता सेन ४३ वर्षकी भइसकिन् । तर, उनले अहिलेसम्म विहे गरेकी छैनन् । दुईवटि छोरी ‘एडप्ट’ गरेकी सुस्मिता बिहे गर्ने मुडमा भने छैनन् ।

मोडलिङ तथा फिल्म अभिनयमा लागेपछि उनको ११ जना पुरुषसँग नाम जोडियो । तर, बिहेचाहिँ भएन । उनी अहिले भने आफूभन्दा निकै कान्छा युवकसँग प्रेममा रहेकी बताइन्छ ।

नर्गिस फाकरी–३९ वर्ष

नर्गिस फाकरी पनि अविवाहित छिन् । ३९ वर्षीया नर्गिसको फिल्मी करिअरले भने खासै उचाइ चुम्न सकेको छैन । केही फिल्म निर्माता तथा निर्देशकसँग उनको अफेयर नचलेको भने होइन । तर, पनि उनले बिहे गरिहाल्नेबारे निर्णय गरिसकेकी छैनन् ।

 

–नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्