अालियाकाे छलाङ : १० शक्तिशाली भारतीयकाे सूचीमा, काे काे कति नम्बरमा ?



एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्ट कलिलै उमेरमा प्रतिभाशाली भारतीय बनेकी छिन् । सानै उमेरमा पाएको यो सफलता र लोकप्रियताले अहिले उनी भारतभर चर्चित बन्न पुगेकी छन् । 

 

यूुगव इन्फ्लुएन्सर इन्डेक्स २०१८ ले गरेको भारतका १० शक्तिशाली व्यक्तिको सूची प्रकाशित गरको छ । जसभित्र उनी अटाएकी छन् । त्यस सूचीभित्र पर्न सफलमध्ये सबैभन्दा सानो उमेर उनकै छ ।

 

सानो उमेरमा यो सूचीमा अटाउने उनी पहिलो भारतीय बनेकी छन् । सूचीको १० मध्ये उनी नवौं स्थानमा छिन् । कुनै एक क्षेत्रमा कसैले पारेको प्रभावको आधारमा यो सूची तयार गरिएको छ ।

यो सूची जागरुकता भरोषा वा कुनै एक क्षेत्रमा पारिने प्रभावका आधारमा तयार गर्ने गरिन्छ । 

 

सूचीमा बलिउड र क्रिकेटका हस्तीहरुको मात्र दबदबा छ । सूचीको पहिलो नम्बरमा अभिनेता अभिताभ बच्चन छन् भने दोश्रो नम्बरमा बलिउडकै अभिनेत्री दीपिका पादुकोणको नाम समावेश गरिएको छ । त्यस्तै भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनी तेस्रो नम्बरमा अटाएका छन् । चौथोमा पनि क्रिकेटर सचिन तेन्दुलकर छन् ।

 

प्रेस ट्रस्ट अफ इन्डिया अर्थात् पीटीआईको अनुसार पहिलो नम्बरमा पर्न सफल अमिताभ बच्चनको बारेमा भनेको छ, ‘अभिताभ कर्पोरेट, सरकारी संस्थान, पर्यटन, जागरुकता अभियानमा उनको पहल थियो ।’

यु गोव सर्भेले भनेको छ कि बच्चनले सबैभन्दा बढी मत पाएका छन् ।  

 

सन् २०१२ मा फिल्म ‘स्टुडेन्ट अफ दी इयर’बाट आलियाले बलिउडमा इन्ट्री गरेकी हुन् । आलिया सबैखाले अभिनयमा पोख्त छिन् । आलियाले बलिउडमा आफ्नो अभिनयबाट इतिहास रच्न सफल भएकी छन् । 

 

काे काे छन् सूचीमा 

१ अमिताभ बच्चन

२ दीपिका पादुकाेण

३ महेन्द्रसि‌ह धाेनी 

४ सचिन तेन्दुल्कर

५ अक्षय कुमार

६ विराट कोहली

७ आमिर खान

८ शाहरुख खान 

९ आलिया भट्ट

१० प्रियंका चाेपडा

प्रतिक्रिया दिनुहोस्