सहिद स्मारक लिग : एनअारटीमाथि च्यासलकाे फराकिलाे जित



काठमाडाैं : पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गतकाे बिहीबार भएको पहिलो खेलमा च्यासलले न्यू रोड टिम (एनआरटी) लाई ५-१ काे फराकिलाे अन्तरले पराजित गरकेा छ । च्यासलको जितमा विमल घर्तीमगर र अमिर श्रेष्ठकाे समान दुई दुई गाेलकाे याेगदा रह्याे । सन्तोष साहुखलले १ गोल गरे ।

 

अमिर श्रेष्ठ खेलकाे १४ औं मिनेटमै पहिलाे गाेल गरेका थिए । विमल घर्तीमगरको पासमा सन्जोग राइले बायाँ विङबाट दिएको क्रसलाई उनले सदुपयाेग गरेका थिए । उनले फार पोस्टमा अनमार्क रहेको अवस्थामा सहजै गोल गरेका थिए । अमिरले नै च्यासलको अग्रता दोब्बर पारे । उनले २९ औं मिनेटमा पुन आकर्षक भलीमार्फत गोल गरे । पहिलो गोलझैं अनमार्क रहेका अमिरको प्रहार गोलरक्षकले रोक्नै सकेनन् । 

 

एनआरटीका लागि आठौं मिनेटमा राजेश परियारले गरेको फितलो प्रहार गोलरक्षक दिनेश थापामगरले सहजै बचाए । २० औं मिनेटमा एनआरटीकै डिकेश खड्गीले सुशील लामाको पासलाई सदुपयोग गर्न सकेनन् । च्यासलका सन्तोष साहुखलले ३२ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र गरेको प्रहारलाई गोलरक्षक सोजित गुरुङले विफल पारिदिएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अमिरको क्रसमा सन्तोषको हेडरले पोस्टको दिशा लिन सकेकाे थिएन ।

 

पहिलो हाफमा २-० ले अघि रहेको च्यासलले दोस्रो हाफमा थप ३ गोल गर्याे । ५७ औं मिनेटमा विमलले गोल गरे । हेमन्त थापामगरको क्रसमा सन्जोग राईले ६ यार्ड बक्सभित्रबाट दिएको हेडर पासमा विमलले गोल गरे । त्यसपछि सन्तोष साहुखलले ६४ औं मिनेटमा विमलको पासमा पुन गोल गरे । पेनाल्टी क्षेत्रभित्र उनले गोलरक्षक सोजित गुरुङ र डिफेन्डर क्रिस्टियन बासिइलिलाई छक्याउँदै उत्कृष्ट गोल गरे ।

प्रतिक्रिया दिनुहोस्