मेनुकालाई भारतीय रियालिटी शोमा जिताउन रकम सङ्कलन



झापा: भारतीय रियालिटी शो ‘सारेगम’मा विजय गराउन झापा हल्दिबारी–४ की दृष्टिविहीन गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडासदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट रु ६१ हजार सङ्कलन गरी प्रदान गरिएको हो । पौडेलले गत वर्ष एपी वान टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल भएकी थिइन् ।

गायिका पौडेल हाल सारेगममा लाखौँ प्रतियोगीलाई पछि पार्दै टप १३ मा परेकी छिन् । प्रतियोगितामा क्षमतासँगै भोटिङ आवश्यक पर्ने भएकाले उनलाई जिताउन आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको वडासदस्य मेचेले बताए ।

प्रतिक्रिया दिनुहोस्