यस्तो छ प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’(भिडियो)



 

काठमाडौं: बलिउड अभिनेत्री प्रिंयका चोपडाले निर्माण गरेको नेपाली भाषाको चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर्स’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । पाखी ए टायरबालाको निर्देशन बनेको चलचित्र नेपाल र भारतमा मंसिर २१ गतेबाट प्रदर्शनमा आउनेछ । नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर ट्रेलर लञ्च गरिएको छ ।

प्रिंयका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण भएको चलचित्रमा नेपालमा माओबादी द्वन्द्व बचेर सिक्किम पुगेका तीन बच्चाहरुको कथा छ । चलचित्रमा इसिका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधानलगायत कलाकारले अभिनय गरेका छन् ।

क्षेत्रीय भाषाका चलचित्र निर्माणलाई बढावा दिने योजना अन्तरगत प्रियंकाको कम्पनीले नेपाली भाषामा ‘पाहुना’ निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्