मुलुकी संहिता संगै फरक मुद्दाहरु



नयाँ मुलुकी संहिताको लागू भएसँगै अदालतमा नयाँ प्रकृतिका मुद्दाहरू दर्ता हुन थालेका छन्। यसअघि अदालतले स्वीकार गर्न नसकेका मुद्दाहरू पनि अदालतमा आइपुगेका छन्।

यसअघि सम्बन्ध विच्छेदका लागि महिलाले सिधैं अदालतमा जान सक्ने व्यवस्था रहेको थियो। सम्बन्ध विच्छेदका लागि पुरुषले अदालत गएर मुद्दा दर्ता गर्ने कानुनी व्यवस्था थिएन्। तर, भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सिधै अदालत जाने बाटो खुला गरिदिएको छ।

कैलाली जिल्ला अदालतका अनुसार नयाँ संहिता लागू भएको भदौ १ गतेदेखि आइतबारसम्म अदालतमा सम्बन्ध विच्छेदका १० वटा मुद्दा दर्ता भएका छन्। अदालतका शाखा अधिकृत फणेश्वरी घिमिरेका अनुसार तीमध्ये सम्बन्ध विच्छेदका तीन वटा मुद्दा पुरुषद्वारा दर्ता गरिएका छन्।

श्रीमतीले घर व्यवहार चलाउन नसकेको, परपुरुषसँग सम्बन्ध राखेको आदि कारण देखाएर पुरुषद्वारा अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता भएको पाइएको छ।

नयाँ मुलुकी संहिताअनुसार श्रीमानले समेत श्रीमतीबाट अंश पाउन सक्ने व्यवस्था गरेको छ। पेवा, दाइजो बाहेक श्रीमान र श्रीमतीले जोडेको सम्पत्ति श्रीमतीको नाममा भएमा श्रीमानले त्यो सम्पत्तिबाट अंश पाउन सक्ने व्यवस्था गरिएको छ। ‘मुद्दाको प्रकृति हेरेर श्रीमानले पनि अंश पाउन सक्ने कानुनमा व्यवस्था छ’ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्यालले भने।

जिल्ला न्यायाधिस अर्यालका अनुसार सम्बन्ध विच्छेदका मुद्दालाई प्रायस् मेलमिलापबाटै निकास दिने गरिन्छ। ‘पहिलो प्राथमिकता मेलमिलाप नै हो’ न्यायाधीश घिमिरेले भने( तर कुनै पनि हालतमा मिल्ने अवस्था भएन भने मात्र सम्बन्ध विच्छेद गर्छौ।

त्यस्तै, अन्तर जातीय विवाह गरेका केटा र केटी दुवै विवाह दर्ताका लागि अदालत आउन थालेका छन्। यसअघिसम्म अन्तर जातीय विवाह भएको खण्डमा जिल्ला प्रशासन कार्यालय मार्फत विवाह दर्ता गराउने व्यवस्था थियो। नयाँ मुलुकी ऐन ९संहिता० मा अदालतमा अन्तर जातीय विवाह दर्ता गर्ने व्यवस्था गरिएको छ।

कैलाली जिल्लामा गत आर्थिक वर्ष २०७४र०७५ मा देवानीका चार सय र फौज्दारीका सात सय ७० वटा मुद्दा दायर भएका थिए। त्यसैगरी, निषेधाज्ञाका २० गरी एक हजार एक सय ९० र अघिल्लो आर्थिक वर्ष २०७३र०७४ बाट जिम्मेवारी सरी आएका पाँच सय ८६ गरी एक हजार सात सय ७६ मुद्दा दर्ता भएका थिए।

कैलाली जिल्ला अदालतले गत आर्थिक वर्षमा देवानीका तीन सय २८, फौज्दारीका छ सय ५१, निषेधाज्ञाका १७ र विविध दुई वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ। जिल्ला अदालतमा गत आर्थिक वर्षसम्म देवानीका तीन सय ४६, फौज्दारीका चार सय १६, निषेधाज्ञाका १५ र विविध एक गरी सात सय ७८ मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको जनाइएको छ।

कैलाली जिल्ला अदालतका अनुसार आर्थिक वर्ष २०७४र७५ मा लेनदेनका एक सय ५१, करारका २०, अंश सम्बन्धी दुई सय ५७, सम्बन्ध विच्छेदका दुई सय ५३, जवरजस्ती करणीका ४७, हाड नाता करणीका एक, अन्य करणीका ४०, कर्तव्य ज्यानका ३१, सवारी ज्यानका ७०, लागूऔषधका ७३, जाल साजीका एक सय ५५, मानव वेचविखनका १२, घरेलुका १०, वनका ३९ मुद्दा दर्ता भएका थिए।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन

काठमाडौं : सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोल्न आग्रह गरेको छ

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको