मोदी सरकारका मन्त्री धर्मेन्द्र शुक्रवार काठमाडौं आउने



काठमाडौं: भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास हेर्ने राज्यमन्त्री धर्मेन्द्र प्रधान यही शुक्रवार काठमाडौं आउने भएको छन् । 

 

राज्यमन्त्री प्रधान सेप्टेम्वर २८ तारिखमा काठमाडौं आउने र ३० तारिखमा फर्किने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालय स्रोतले जानकारी दियो ।

एक कार्यक्रममा सहभागी हुन काठमाडौं आउन लागेका राज्यमन्त्री प्रधानले नेपालमा रहँदा राजनीतिक भेटवार्ता गर्ने स्रोतले बतायो ।

 

उनी भारतीय सत्तारुढ दल बिजेपीका प्रभावशाली नेता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्