‘मेराे हत्या गर्न खाेज्ने सरकारलार्इ अब के गर्नुपर्छ मलार्इ पनि थाहा छ’



काठमाडाैं: नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रवक्ता (प्रकाण्ड) रिहा भएका छन् ।  गत साउन २२ गते काठमाडौंको चोभारबाट २ कार्यकर्तासँगै गिरफ्तार परेका प्रकाण्ड मंगलबार सर्वोच्चको आदेशमा ४९ दिनपछि रिहा भएका हुन् ।

सर्वोच्चले पटकपटक थुनामुक्त गर्न आदेश दिँदा पनि अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक स्वतन्त्रता हनन नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो । 

यसअघि रिहा गर्न आदेश पाए पनि प्रहरीले सर्वोच्च परिसरबाटै उनलाई ४ पटक पुनः गिरफ्तार गरेर झुटा मुद्दामा बिभिन्न जिल्ला घुमाएको थियो ।

 नेपाल कम्युनिष्ट पार्टी माओवादी विप्लव समुहका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफू विरुद्ध झुठा मुद्दा लगाएर दमन गरेको भन्दै सरकार विरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

सर्वोच्च अदालतबाट रिहा भए लगत्तै मंगलबार सांझ माईतीघर मण्डलामा आयोजित कोणसभालाई सम्बोधन गर्दे उनले सर्वसाधरण निमुखा जनतामाथि सरकारले गरेको दमनको प्रतिकार आन्दोलन मार्फत गरिने चेतावनी दिएका हुन्। नेपालमा अहिले भएको राजनीतिक परिर्वतनमा प्रधानमन्त्री केपी ओलीको कुनै हात नरहेको र आफुहरुको अनवरत सघर्षबाट मात्रै संभव भएको दाबी उनले गरे। 

उनले दुई तिहाईको सरकारले सम्पूर्ण बल लगाएर आफ्नो हत्या गर्ने प्रयास गरेको जिकिर उनले गरे। 

प्रहरीले प्रकाण्डलाई विभिन्न जिल्लामा आगजनी, सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्याएको, चन्दा असुली लगायतमा दोषी आरोपित गर्दै उदयपुर, मकवानपुर, काठमाण्डौ, काभ्रे लगायत जिल्लामा मुद्दा दर्ता गरेको थियो।

यी मुद्दामा प्रहरीले पटकपटक नियन्त्रणमा लिई मुद्दा चलाए पनि सर्वोच्चले रिहा गर्न आदेश दिदै आएको छ।

प्रतिक्रिया दिनुहोस्