प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा सहभागी



 प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्संघको महासभाको उच्चस्तरीय छलफलमा सहभागी भएका छन्।

Prime Minister Rt. Hon. K.P. Sharma Oli at the beginning of the high level segment of the UNGA in New York. pic.twitter.com/x5AmzZRX5f

— MOFA of Nepal ?? (@MofaNepal) September 25, 2018

परराष्ट्रमन्त्रालयले आधिरिक ट्विटरमार्फत प्रधानमन्त्री ओली संयुक्त राष्ट्संघको महासभाको उच्चस्तरीय छलफलमा सहभागी भएको तस्बिर पोस्ट गर्दै जनाएको छ।

सभामा प्रधानमन्त्री पत्‍ती राधिका शाक्‍य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेका छन्।

 

यसअघि प्रधानमन्त्री ओलीले अघिल्लो दिन आयोजना गरेको स्वागत कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच उभिएरै करीब दुई मिनेट कुराकानी गरेका थिए। भेटमा ओलीले नेपालको दीगो शान्ति, विकास र दुईपक्षीय उच्चस्तरको भ्रमणबारे धारणा राखेको जानकारी उनको सचिवालयले जनाएको छ।

स्वागत समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आफ्नो सम्बोधन भन्दा चार दिन पहिले नै न्यूयोर्क पुगेका थिए। यसअघि प्रधानमन्त्री सुशील कोइराला ७० औं महासभामा भाग लिन जाँदा राष्ट्रपति ओबामालाई भेटेका थिए।

प्रतिक्रिया दिनुहोस्