स‌ंसदीय समितिमा पत्रकारलाई प्रवेश निषेध गेरर शशी श्रेष्ठले चलार्इन बैठक



काठमाडौं: संघीय संसदका र मातहतका विषयगत समितिमा प्रेसका लागि सँधै खुला रहने परम्परा उल्लंघन गर्दै शशी श्रेष्ठले अाफ्नाे समिति अन्तर्गतकाे पहिलो बैठकमा नै प्रेसको पहुँच बन्द गरेकी छन्। 

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सभापति भएर पहिलो बैठक राखेकी सांसद शशी श्रेष्ठले प्रेस प्रतिनिधिलाई रोक लगाएर मंगलबार बैठक चलाएकी हुन्। शुक्रबार मात्र समितिको सभापतिमा सर्वसहमत चयन भएकी श्रेष्ठले पहिलो बैठकमा नै प्रेसमाथि प्रहार गरेकी हुन्। 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय समितिमा उठेको थियो। तर बैठकमा पत्रकारलाई अनौपचारिक छलफल भन्दै प्रवेशमा रोक लगाइएको हो।

गृह मन्त्रालयका काम कारबाही अनुगन गर्ने जिम्मेवारी पाएको राज्य व्यवस्था समितिमा देशको शान्ति सुरक्षा र पछिल्लो समय बढेको बलात्कारको विषयमा छलफल हुने अपेक्षासहित समाचार संकलनका लागि पुगे पनि श्रेष्ठको ठाडाे निर्देशनमा पत्रकारलाई प्रवेश नदिइएको हो।

प्रतिक्रिया दिनुहोस्