सन्दीपले लिए टी–१० मा अर्को विकेट, उनको टीम भने पराजित



काठमाडौं : युएईमा जारी टी–१० लिगमा केरला किंग्सले दोश्रो खेलमा फराकिलो हार बेहोरेको छ । केरलालाई सिन्धिले ९ विकेटले हराएको हो । 

निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रन बनाएको केरलाले पहिलो ओभरका चौथो, पाँचौं र छैटौं बलमा निरन्तर विकेट गुमायो । त्यसअघि दोश्रो बलमा नै क्रिस गेल सून्य रनमै क्याच आउट भएका थिए । 

दोश्रो ओभरमा चार रन जोडेको केरलाले तेश्रो ओभरको दोश्रो बलमा पाँचौ विकेट गुमायो । सिन्धीका लागि प्रभिन ताम्बेले ह्याट्रिक सहित पाँच विकेट लिए ।  

चौथो ओभरको पहिलो बलमा छैटौं विकेट गुमाउँदा केरलाको खातामा मात्रै २१ रन थियो । त्यसपछि भने केरला केहि सम्हालिएपछि निर्धारित ओभरमा १ सय ३ रन जोड्न सक्यो । २४ बलमा ५९ रन जोडेका केरलाका साउथ अफ्रिकन खेलाडी वाएन पार्नेल नटआउट रहे । 

सोहिल तानविरले १४ बलमा २३ रन जोडेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । केरलाका ४ जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । 

सिन्धिले भने उत्कृष्ट ब्याटिङ प्रस्तुत गर्‍यो । २० बल खेलेर ४९ रन जोडेका न्युजिल्याण्डका ब्याट्सम्यान एन्टोन डेभिच सन्दीपको बलमा क्याचआउट भएका थिए । ओपनर सेन वाट्सन २४ बलमा अर्धसतक पूरा गर्दै नटआउट रहे । सिनधिसले ७ दशमलव ४ ओभरमा मात्र एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

केरलाले बलिङमा पनि कुनै चमत्कार गर्न सकेन्। सन्दीप लामिछानेले बाहेक अन्य बलरले विकेट लिन सकेनन् । दुई ओभर बलिङ गरेका सन्दीपले १४ रन खर्चेर एक विकेट लिए । 

सन्दीप पहिलो खेलमा म्यान अफ दी म्याच घोषित भएका थिए । पहिलो खेलमा केरला विजयी भएको थियो । 

प्रतिक्रिया दिनुहोस्