अपहरण परेकाे नाटक गरी प्रहरीलार्इ झुक्याए एक डाक्टरले



सिराहा : सिराहाकाे लहानबाट अपहरणमा परेको भनिएका एक चिकित्सकले अपहरणकाे नाटक गरेकाे खुलासा भएकाे छ। हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक सुवास बनैता यादवलाई साँझ अज्ञात समूहले अपहरण गरेको भनिएकाे थियाे। उनी गएराति नै सर्लाहीको नवलपुरमा भेटिएका छन्।

 

उनलाई अज्ञात समूहले गाडीमा हालेर अपहरण गरेकाे भनी यादवकी श्रीमतीले प्रहरीसमक्ष बताएकी  थिइन्। । तर, उनी म२प ८२८६ नम्बरकाे मोटरसाइकलमा भेटिएका थिए। यादवले अपहरणको नाटक गरेको हुनसक्ने प्रहरीले अनुमान गरेकाे थियाे। 

 

घरायसी विवादका कारण नाटक गरेको हुनसक्ने भन्दै प्रहरीले डाक्टरमाथि नै अनुसन्धान सुरु गरेकाे गरेकाे थियाे। यादवले सुरुमा अपहरण भने पनि पछि आफैंले नाटक गरेको भनी  प्रहरीसमक्ष बताएको सिराहाका एसपी जीवन श्रेष्ठले बताए। 

 

यादवलाई अपहरण गरिएका भनिएका प्रेम बम र यादव दुवैलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

प्रतिक्रिया दिनुहोस्