आकाशको ‘ड्रिम गर्ल’ प्रदर्शनमा



काठमाडौं : शुक्रबारबाट फिल्म ‘ड्रिम गर्ल’ प्रदर्शनमा आएको छ । फिल्म सोलो रिलिजको अवसर पाए पनि कुनै पनि मल्टिफ्लेक्स हलहरुमा फिल्म नलागेको जनाइएको छ । 

 

अन्य चलचित्रहरुबाट खासै चल्न नसकेका नायक आकाश श्रेष्ठलाई दर्शकले सुदर्शन थापा निर्देशित फिल्म ‘राम काहानी’मा भने राम्रै रुचाएका थिए । फिल्मले औषत व्यापार गरे पनि उनको अभिनयको भने खुलेर तारिफ भएको थियो । उनै आकाशले अभिनय गरेको फिल्म  ‘ड्रिम गर्ल’ शुक्रबारबाट प्रदर्शनमा आएको हो ।  

 

यस अघि फिल्मलाई असोज १९ गते रिलिज गर्ने भनिए पनि निर्माण टिमले पिल्मको रिलिज डेट सारेको थियो । फिल्म ‘ड्रिम गर्ल’ मा आकाशको अपोजिटमा आश्मा गिरीको अभिनय देख्न सकिन्छ । 

 

आकाश र आश्माको साथसाथै फिल्ममा विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतको मुख्य भूमिका देख्न सकिन्छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । फिल्मलाई सम्पादक नवीन निरौलाले गरेका हुन् । 

 

ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्मलाई अर्जुन शर्मा, ऋषिराज आचार्य र  रामेश्वर धितालले संयुक्त रुपमा निर्माण गरेका हुन् । आरबी मुभीजको ब्यानरमा बनेको फिल्म काठमाडौं, मुस्ताङ तथा थाइल्याण्डमा खिचिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्