फेरि बालिकाकाे बलात्कारपछि निर्मम हत्या



पाेखरा : पोखरा–२२ पुम्दीभुम्दी कोदी गाउँकी श्रीया सुनार सोमबार साँझ साढे ५ बजे मामाघरबाट निस्किएकी थिइन् । बिस्कुट किन्न पसल हिँडेकी १० वर्षीया उनी मंगलबार बिहान मृत अवस्थामा भेटिइन् ।

निधारैभरि चौटैचोट । घाँटीमा नीलडाम । धारिलो र चुच्चो वस्तुको प्रहारले क्षतिविक्षत शरीर । छेवैमा रगत लतपतिएका तीनवटा ढुंगा ।

 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको उल्लेख गरेको छ । मृत्युको कारण टाउकोमा लागेको चोट भएको रिपोर्टमा छ । याे खबर अन्नपूर्ण पाेस्टलगायत अाजका विभिन्न पत्रपत्रिकामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्