‘सुश्री सम्पति’ को ट्रेलर सार्वजनिक



काठमाडौं : फिल्म ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख दुई पात्र सलोन बस्नेत र विनोद न्यौपानेले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइएको छ । 

मंसिर २८ मा रिलिज हुने फिल्मको ट्रेलरमा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरी, विशारद बस्नेत र राजाराम पौडेलको रमाइलो देख्न सकिन्छ । 

रंग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सन्तोष खनाल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् ।

फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्