सफलताकाे छलाङ मार्दै सन्दीप लामिछाने



काठमाडौं : नेपाली युवा स्पिनर सन्दीप लामिछानेले युएइको टि–२० लिग खेल्ने भएका छन् । उनलाई केरला किंग्स क्लबले अनुबन्धित गरेको हो ।

 

आगामी नोभेम्बरमा हुने उक्त लिगमा सन्दीप रहेको क्लबमा इङ्ग्ल्याण्डका कप्तान इयान मोर्गन, वेष्ट इण्डिजका क्रिस गेल, केइरन पोलार्डजस्ता खेलाडी समावेश छन् ।

 

इण्डियन प्रिमियर लिगबाट टी–२० क्रिकेटमा चर्चित बनेका सन्दीपले हालै क्यारेबियन प्रिमियर लिग (सिपीएल) र क्यानडामा सम्पन्न ग्लोबल टी–२० खेलिसकेका छन् भने अफगानिस्तान प्रिमियर लिगमा समते उनी आबद्ध भइसकेका छन् ।

 

युएइ लिग आगामी नोभेम्बर २३ देखि डिसेम्बर २ तारिखसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्