अाेली र ट्रम्पबीच करिब दुर्इ मिनेट भेट



काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच छोटो भेटवार्ता भएको छ ।  ओली हाल ७३ औं राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकामा छन् ।

 

ट्रम्पले महासभामा सहभागी राष्ट्र, सरकार एवम् प्रतिनिधीमण्डल प्रमुखहरुको सम्मानमा दिएको रिसेप्सनमा सो भेट भएको हो ।

 

भेटमा  ओलीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे  ट्रम्पलाई जानकारी गराएका थिए । उनीहरुबीच करीब दुई मिनेट कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्