एक हजार लिटर घरेलु मदिरा नष्ट



साँखु : महानगरीय प्रहरी विभाग साँखुले मंगलबार साँझ एक हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। 

 

शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न वडा तथा बजारमा प्रहरीले चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने अन्य सामाग्री नष्ट गरेको हो।

 

लुकाइछिपाइ विभिन्न भाडाका सवारीसाधन तथा मोटरसाइकलमा साँखु हुँदै काठमाडौं भित्र्याउने क्रममा सो मदिरा बरामद गरिएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए। 

 

सम्बन्धित वडाको वडाध्यक्ष, जनप्रतिनिधि, समाजसेवी र पत्रकारको रोहवरमा बरामद गरिएको मदिरा नष्ट गरिएको हो।

 

बढ्दो घरेलु हिंसा र समाजमा हुने गरेका विभिन्न आपराधिक गतिविधिको रोकथामका लागि महानगरीय प्रहरी प्रभाग साँखुले मदिराको अवैध निर्यात रोक्न नियमित जाँच गर्दै आएको छ।

 

समाजलाई सभ्य र सुरक्षित राख्न आग्रह गर्दै खनालले प्रतिबन्धित लागुपदार्थ बिक्री वितरण नगर्न सबैमा आग्रह गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्