राष्ट्रपतिका लागि गाडी किन्न भन्दै भीख माग्न थाले युवाहरुले



काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको सवारी साधन खरिद गर्ने प्रक्रियाप्रति सांकेतिक विरोध गर्दै केही युवाले राष्ट्रपतिका लागि गाडी किन्न भन्दै भीख मागेका छन् । 

 

राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भीख माग्न थालिएको छ। जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधा सम्बाेधन हुनुको साटो जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरूले सांकेतिक विरोधस्वरुप एक रुपैयाँ भीख मागेका हुन्।

 

शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरूले 'दान गर्नुहोस् पूण्य कमाउनुहोस्' भन्दै सर्वसाधरणसँग एक एक रुपैयाँ भीख मागेका हुन्।

 

१८ करोड रुपैयाँको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पूरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन्।

 

युवाहरुले पशुपति बनकाली क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बूढाबूढी सबैसँग भीख मागेका थिए।

प्रतिक्रिया दिनुहोस्