धान दाउने थ्रेसरमा चेपिएर दाङमा बालिकाकाे मृत्यु



लमही : दाङमा धान दाउने क्रममा थ्रेसरमा चेपिएर एक बालिकाको मृत्यु भएको छ। 

 

तुलसीपुर उपमहानगरपालिका–१६ मज्गैका शोमराज चौधरीका ६ वर्षीया छोरी विपनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीका अनुसार आफ्नै खेतको धान दाउने क्रममा मेसिनमा परेर गम्भीर घाइते विपनाको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया दिनुहोस्