बाहिरियाे म्यानचेस्टर युनाइटेड



एजेन्सी : इंग्ल्यान्डको इएफएल कपमा म्यानचेस्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरिएको छ। मंगलबार अबेर राति सकिएको खेलमा म्यानचेस्टरलाई दोस्रो डिभिजनको क्लब डर्बीले पेनाल्टी सुटआउटमा ८–७ गोलले पराजित गरेको हो। म्यानचेस्टरका लागि आठौं पेनाल्टी प्रहार गर्न आएका फिल जोन्सको प्रहारलाई डर्बीका गोलकिपले विफल पारेका थिए।

 

त्यसअघि निर्धारित र थप समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। खेलको दोस्रो मिनेटमै जुवान माटाले गोल गरेर म्यानचेस्टरलाई सुरुवाती अग्रता दिलाए। डर्बीका लागि विल्सनले ५९ मिनेटमा बराबरी गोल फर्काए।

 

६७ मिनेटमा गोलकिपर सर्जियो रोमेरो रातो कार्ड पाउदै मैदान बाहिर जादा म्यानचेस्टर १० खेलाडीमा सीमित बन्यो। ८५ मिनेटमा मरिओटले गोल गरेर डर्बीलाई अग्रता दिलाए। तर दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा फेलाइनीले गोल गर्दै म्यानचेस्टरलाई खेलमा फर्काएका थिए।

 

यता म्यानचेस्टर सिटीले अक्फोर्ड युनाइटेडलाई ३–० गोलले हराएको छ। सिटीका लागि ग्राबियल जेससले ३६, महारेजले ७८ र फोडेनले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरे।

 

अन्य खेलमा ब्याकपुलले क्युपिआरलाई २–०, बर्नमाउथले ब्याकवर्नलाई ३–२, वर्टनले वर्नलीलाई २–१, फुलह्यामले मिनवाललाई ३–१, क्रिस्टल प्यालेसलले वेस्ट ब्रुमलाई ३–० गोलले पराजित गरेका छन्। लेस्टरले वुल्भ्सलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ