कांग्रेस प्रतिनिधिहरुले पार्टी नेतृत्वलार्इ टिकट वितरणको बेथिति अन्त्य गर्न सुझाए



काठमाडौं । कांग्रेसले सातै प्रदेशमा पार्टीको नयाँ विधान तयार गर्न सुरु गरेको विधान मस्यौदामाथिको छलफलमा प्रतिनिधिहरुले चुनावका बेला गरिने टिकट वितरणमा हुने नातावाद कृपाबाद, पैसाका बलमा टिकटको किनवेच, पार्टीमा लामो समय योगदान दिएकाहरुको उपेक्षा, नेतृत्वको निर्णय क्षमता कमजोर भएको लगायतका विषयमा असन्तुष्टि जनाएका छन् । 

 

गत सोमबारबाट सुरु भएको विधान मस्यौदामाथिको छलफलका क्रममा पार्टी प्रतिनिधिहरुले नयाँ विधान उत्कृष्ट बनाउने किसिमको सुझाव दिनुभन्दा पनि यसअघि पार्टीमा भएका वेथितिका बारेमा चर्को आवाज उठाएका हुन् । 

 

यो छलफलमा सम्बन्धित प्रदेशका पार्टीबाट निर्वाचित सांसद, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र भ्रातृसंस्थाका प्रमुख सहभागि भइरहेका छन् । 

 

‘खासगरी टिकट वितरणमा हुने वेथितिको अन्त्य, जुनसुकै विषयमा अन्तिम समयमा आएर निर्णय गर्ने प्रवृतिको विरोध, क्रियाशिल सदस्याता वितरणमा हुने अपारदर्शिता लगायतका विषयमा धेरै गुनासा आएका छन्’ मस्यौदा समितिका सदस्य तथा केन्द्रीय सदस्यहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्