वाइडबडी खरिदमा अनियमितताबारे लेखा समितिले आज छलफल गर्ने  



काठमाडौं: संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे आज सरोकारवालासँग छलफल गर्ने भएको छ ।

 

सिंहदरबारमा दिउँसो एक बजे बस्ने बैठकमा पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, नेपाल एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न कंसकार लगायतलाई बोलाइएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आज विमान खरिद प्रक्रियाका विषयमा विस्तृतमा छलफल हुने बताए ।

 

महालेखा परीक्षक कार्यालयको ५५ औं प्रतिवेदनले विमान खरिदमा अनियमितता भएको औंल्याएपछि छानविन थालिएको पाण्डेको भनाई छ ।  यसअघि गत असोजमा लेखा समितिले वाइड बडी विमान खरिद प्रक्रियाको कागजपत्र मगाएको थियो । प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्वन्ध समितिले पनि वाइड बडी खरिद प्रक्रियाबारे छलफल गरेको थियो ।

 

अन्तर्राष्ट्रिय सम्वन्ध समितिको कार्यक्षेत्रभित्र पर्ने भएकाले नीतिगत विषय हेर्ने र लेखा समितिले बेरुजुका विषयमा छानविन गर्नेछ ।  पर्यटनमन्त्री रवीन्द्र अधिकारीले वाईड बढी खरिदमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्