प्रचण्डसँग भेट गरेलगत्तै दिल्ली किन गए भारतीय राजदूत पुरी ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरी भारतीय राजदूत मञ्जिभसिंह पुरी बुधबार राति नयाँदिल्ली प्रस्थान गरेको खुलासा भएको छ ।

नेपालमा वाम गठबन्धनको सरकार बन्ने कसरत भइरहँदा भारतीय राजदूत पुरी प्रचण्डको सन्देश लिएर जेट एयरको ९ डब्लु २५९ विमानमार्फत नयाँदिल्ली प्रस्थान गरेका हुन् । प्रचण्डको सन्देश तत्काललाई कांग्रेससँग सहकार्य गर्न नसकिने ओलीलाई प्रधानमन्त्री बनाएर अपिघ बढ्ने रहेको छ । यद्यपी भविष्यमा ओलीले घमण्ड देखाए कांग्रेससँगको सहकार्य सम्भावना रहने उल्लेख छ ।

नेपालमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनसँग बहुमत छ। तर, चुनावमा नराम्ररी पराजय भोगेको नेपाली कांग्रेस माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिएर भएपनि आफू सरकारमा रहने रणनीतिमा छ ।

भारतले प्रचण्डलाई पाँच वर्ष अवधिका लागि प्रधानमन्त्री बनाइदिने प्रस्ताव गरेको थियो। तर, प्रचण्डले भने उक्त प्रस्ताव अस्वीकार गर्दै अब वाम गठबन्धनबीचको पार्टी एकतालाई कसैलाई रोक्न नसक्ने बताउँदै आएका छन् ।

एमाले, माओवादी समीकरणबाट सरकार गठन प्रायः निश्चित भएका बेला भारत आफू अनुकुलको चाहाना व्यक्त गरिरहेको हो।

प्रतिक्रिया दिनुहोस्