काैडीकाे भाउमा जग्गा दिने सानाेठिमी क्याम्पसकाे निर्णय शिक्षा मन्त्रालयद्वारा खारेज



काठमाडाैं : मूल सडकसँग जोडिएको १३ रोपनी जग्गा कौडीको भाउमा भाडामा दिने सानोठिमी क्याम्पसको निर्णय शिक्षा मन्त्रालयले खारेज गरिदिएको छ ।

मन्त्रिस्तरीय निर्णयबाट क्याम्पसको निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो जग्गाको स्वामित्व नेपाल सरकारसँग छ र तत्कालीन शिक्षा मन्त्रालयको भण्डारण तथा सम्पत्ति व्यवस्थापन शाखाको २३ असार २०५२ को निर्णयअनुसार उक्त क्याम्पसलाई भोगचलन गर्न मात्र मात्र दिइएको थियाे ।

 

निकै कम मूल्यमा भाडामा दिइएकाे थाहा पाएपछि स्थानीय, विद्यार्थी तथा प्राध्यापकहरुले यसकाे विराेध गरेका थिए । नगरपालिकाले पनि यसबारे चासो देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्