विभागले बिक्री गरेको लाइसेन्स प्रदेशले रद्द गर्‍यो



काठमाडौं : यातायात व्यवस्था विभागका प्राविधिकहरुले सिस्टमकै दुरुपयोग गरी बिक्री गरेको सवारीचालक अनुमति पत्र प्रदेश सरकारले रद्द गरेको छ ।

प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र ललितपुरले यातायात व्यवस्था विभागलाई पत्र लेख्दै सिस्टमको दुरुपयोग गरी जारी गरिएका सबै लाइसेन्स रद्द गरिएको जानकारी दिएको हो ।

ललितपुर एकान्तकुना लाइसेन्स कार्यालयले मंसिर ५ गते विभागको नाममा पत्र लेख्दै कार्यालयको अभिलेख बाहेक विभिन्न मितिमा अनधिकृत ढंगबाट जारी भएका ६ सय ३५ वटा लाइसेन्स रद्द गरेको हो । आजको कारोबार दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्