भाइरल बन्दै ‘सालको पात टपरी’



काठमाडौं : अहिले दर्शकश्रोताले सबैभन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा पर्छ ‘सालको पाट टपरी’।

बालबालिकादेखि बृद्धबृद्धासम्मको मुखमा झुण्डिन सफल यो गीत सबैभन्दा वढी तिहारमा गुञ्जियो । 

गीतको युट्युब भ्युज बढ्दो छ । दुई महिनाको अबधिमा भ्युज ७१ लाखभन्दा वढी पुगिसकेको छ । गीतले सोचेभन्दा बढी चर्चा पाएपछि गायक, गायिका, संगितकार, रचनाकार र मोडल दंग छन् ।

कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको गीतको रचनाकार नवराज पन्त हुन् । वसन्त थापाले संगित भरेको भिडियोमा कुलेन्द्र, बसन्तसँगै नायिका मरिस्का पोखरेलले अभिनय गरेका छन् ।

‘गीतमा टिपिकल शव्द छन्,’ कुलेन्द्रले भने, ‘बसन्तजीले गीतलाई मोर्डन संगितमा ढालेर सबैलाई मनपर्ने बनाउनु भएको छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्