सीके राउतलाई आज सर्वोच्चमा उपस्थित गराइने



काठमाडौं: स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सीके राउतलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइने भएको छ । राउतका दाजुले दिएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा आज सुनुवाई हुन लागेको हो । उनलाई बिहान ११ बजे सर्वोच्च पेश गरिंदैछ ।

 

उनलाई गएराती नै रौतहटवाट काठमाडौं ल्याइएको छ । राउतका दाजु जयकान्त राउतले कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालय लगायतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

 

बन्दी प्रत्यक्षिकरणको रिटमा जिल्ला अदालत रौतहटले कागजात उपलब्ध नगराउँदा यसअघि सुनुवाई सरेको थियो ।

प्रतिक्रिया दिनुहोस्