२१ केन्द्रीय सदस्यले उठाएका मागमा गौतमको साथ



काठमाडौं : नेकपाका २१ केन्द्रीय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन् ।

बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले २१ केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन् ।

गत बुधबार २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना गर्दै केन्द्रीय कमिटिको बैठक बोलाउन र पोलिटव्युरोको गठनपछि मात्रै केन्द्रीय सदस्यहरुको जिम्मेबारी तथा कार्य विभाजन तोक्न महासचिव विष्णु पौडेलमार्फत् अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए ।

बैठकमा नेता गौतमले २१ केन्द्रीय सदस्यले उठाएको माग जायज रहेकाले ती मागउपर सचिवालय बैठकमा छलफल हुनुपर्ने अडान राखेका छन् ।

२१ केन्द्रीय सदस्यको मागमा बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालको पनि साथ छ । तर अध्यक्षद्वय ओली र प्रचण्ड भने केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याएर पोलिटव्युरो गठन गर्ने पक्षमा छन् । आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्