जाे बिपी विचारधारामा अडिग भएर साहित्यिक र राजनीतिक यात्रा गर्दैछन्



काठमाडौं । नेपाली कांग्रेसका सस्थापक नेता बिपी कोइराला राजनीतिज्ञ मात्र नभएर सफल साहित्यकार पनि थिय। बिपि कोइरालाका दर्जनौ पुस्तकहरु प्रकाशित भएका छन। पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा लेख्ने पढ्ने संस्कृति विस्तारै हराउँदै जान थालेको छ।

 

कांग्रेसमा बिपिको चेलाको रुपामा आफूलार्इ साहित्य सङ्गीतको क्षेत्रमा कलम चलाउने थोरै नेताहरु मध्य प्रदिप गिरि, नरहरी आचर्य, बलदेब मजगैया, बिश्वप्रकाश शर्मा र भुपेन्द्रजंग शाही लगायत छन।

 

नेपाल तरुण दलका महासचिव शाहीले बिपि कोइरालाको बाटो पछ्याउँदै संगीतको क्षेत्रमा शाहीको शब्द रचनामा सबैको मन छुने सम्पूर्ण परदेशी मन र परदेशीका परिवारहरुको कथा, व्यथा, दु:ख र मर्मसँग जोडिएको ‘मेरो मनको राजा’गीतको सार्वजनिक भएको छ । नेपाली काँग्रेसका युवा नेता तथा नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीको शब्द रहेको उक्त गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

 

अति नै मार्मिक शब्दहरुले भरिएको उक्त गीतमा चर्चित गायिका टीका प्रसाईको स्वर रहेको छ । गीतमा नवउदयमान संगीतकार रेखा पौडेलले संगीत दिएकी छन् । म्यूजिक भिडियोको निर्देशन राजिव गुरुङले गरेका हुन् भने गीतमा नायिका तथा मोडल नम्रता सापकोटा र सञ्चारकर्मी एवम् मोडल विवेकसिंह ठकुरीलाई फिचरिङ गरिएको छ ।


को हुन् शब्द रचनाकार ?

भूपेन्द्रजंग शाही सञ्चारमाध्याममा कुनै न कुनै रुपमा छाइरहने नाम हो । नेपाली कांग्रेसको तर्फबाट कालिकोटमा दुई पटक सांसदको उम्मेदवार भइसकेका शाही बहुप्रतिभाका धनी छन् । उनी नेपाल तरुण दलको बर्तमान महासचिव हुन् भने राजनीति भन्दा बाहिर उनी साहित्य र संगीतमा पनि त्यतिकै सक्रिय छन् ।

 

यसअघि पनि उनका गीतहरु रेकर्ड भईसकेका छन् । उनको तराजुमा माया र लासहरुको वस्ती गजल संग्रह प्रकाशित भएको छ । उनको ‘बन्दीगृह’ उपन्यास, नेपाल विद्यार्थी संघको विगत र वर्तमान तथा नेपाली कांग्रेस प्रशिक्षण पुस्तिका पनि प्रकाशित छन् । ‘सुन्दर कालिकोट, समृद्ध कालिकोट’ को लेखन तथा सम्पादन गरेका शाहीले ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस’ वृत्तचित्रको लेखन तथा निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्