बार्सिलोनालाई पछि पार्दै सेभिया ला लिगाको शीर्षमा



काठमाडौं : बार्सिलोनालाई पछि पार्दै सेभिया स्पानिस ला लिगामा पहिलो स्थानमा उक्लेको छ ।

गएराती भएको खेलमा सेभिया रियल भाल्लाडोलिडलाई १–० ले पराजित गर्दै अंकतालिकामा पहिलो स्थानमा उक्लेको हो ।

घरेलु मैदानमा भएको खेलमा आन्द्रे शिल्भाले ३०औँ मिनेटमा गरेको गोल नै सेभियाको जितमा निर्णायक बन्यो ।

जितपछि सेभियाले १३ खेलबाट २६ अंक जोडेको छ । समान खेलबाट २५ अंक जोडेको बार्सिलोना दोस्रो र २४ अंक रहेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा झरेको छ ।

ला लिगाकै अर्को खेलमा पाँचौ स्थानको स्पानयोल जिरोनासँग ३–१ ले पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्