बालुवा प्रशोधनका नाममा नदी दोहन



दाङ : लमही नगरपालिका–९, अमिलियास्थित जयवागेश्वरी बालुवा प्रशोधन केन्द्र राप्ती नदीको छेवैमा छ । बालुवा खरिद तथा प्रशोधन गरेर बिक्री गर्ने अनुमति यो केन्द्रलाई छ । 

तर यो केन्द्र बालुवा प्रशोधनमा मात्रै सीमित छैन । यसले राप्ती नदी तथा आसपासका खोला खोतलेर दोहन गरिरहेको छ । राप्ती नदीमा अनधिकृत रूपमा एक्साभेटर प्रयोग गरेर बालुवा र ढुंगा निकाल्ने काम भइरहेको छ ।

नदीमा ठूल्ठूला खाल्डा पारिएका छन् । आसपासका खोला पनि यसैगरी दोहन गरिएका छन् । केन्द्रको यो गतिविधिले प्रश्न उब्जाएको छ– यो बालुवा प्रशोधन केन्द्र हो वा क्रसर उद्योग ? केन्द्रले राप्ती नदी र आसपासका खहरे खोलामा भइरहेको जथाभाबी दोहनमा अनुगमन गर्ने निकायको ध्यान पुगेको छैन ।

लमही नगरपालिकाले बालुवा प्रशोधन केन्द्रले नदी उत्खन गर्नै नपाउने नियमलाई टेकेर उसलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । ‘उत्खनन बढी भएको वा अनियमितता भएको गुनासो आएका बेला उसलाई नियममा रहेर मात्र काम गर्न सचेत गराएका छौं,’ लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले भने, ‘नियम र कानुनको परिधिभित्रै रहेर काम नगरे हामी कारबाही गर्छौं ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्