राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका १३ गल्ती



काठमाडौँ : संचारमन्त्री गोकुल बाँस्कोटाले ६ मंसिर ०७५ को पत्रकार सम्मेलनमा सरकारको निर्णय मात्र सार्वजनिक गरेनन्, राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको प्रशंगमा पनि बेढंगी शैलीमा केही शब्द खर्चे ।

 

सरकारी अधिकारीहरु राष्ट्रपति र उपराष्ट्रपतिसँग जोडिएका विवादमा प्रायः मौन रहने गरेका छन् । तर, एकाएक भण्डारी र पुनको बचाउमा बाँस्कोटा उत्रिनुको लामो पृष्ठभूमिक छ। सार्वजनिक जवाफदेहितामा नमुना बन्नुपर्ने राष्ट्रपति र शीतलनिवास विवादास्पद काण्डमा चुपचाप रहँदै आएको छ।

 

यी हुन् विवादास्पद काण्ड

प्रहरी तालिम प्रतिष्ठान विस्थापित गरेर राष्ट्रपति कार्यालय विस्तार गर्ने निर्णय, १८ करोड पर्ने बुलेटप्रुफ गाडी खरिद गर्न सरकारलाई दिएको दबाब, दशैँमा पाहुनालाई घुँडा टेकाएर टिका लगाएको प्रसंग, पदमुक्त प्रधानन्यायाधीशवाद सपथ, संघीय संसद् गठन हुनु अघि नै प्रधानमन्त्रीमा केपी ओलीलाई नियुक्त, तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा मनोनितमा सिफारिस गरेकालाई रद्धिको टोकरीमा फ्याँक्दै आफ्नै स्वकीय सचिव विमला पौडेलको मनोनयन ।

 

राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश दुई महिनासम्म रोक्नु, सेनाका जबानलाई छोरीहरुका जुत्ता बोकाउनु, सवारीका नाममा पटक पटक सडक जाम गरेर सर्वसाधारणलाई दुःख दिनु, धर्मनिरपेक्षतालाई बेवास्ता गर्दै मठमन्दिर धाउनु, पूर्व राजा ज्ञानेन्द्रको नातीको ब्रतबन्धमा अनौठो सहभागिता, सरकारको नीति तथा कार्यक्रम संसद्मा पेश गर्दा सभामुख र सांसदलाई गरेको ठाडो संवोधन र आफू निकटका व्यक्तिलाई नियुक्तिमा जोड ।  नेपाल साप्ताहिकवाट

प्रतिक्रिया दिनुहोस्