पत्नीलाई सुकुमबासी बनाएर गाविस अध्यक्षद्वारा सरकारी जग्गा नामसारी



लहान : सिरहाका एक पूर्व गाविस अध्यक्षले पदमा रहेका बेला सरकारी जग्गा पत्नीलाई नामसारी गराएको खुलेको छ । सखुवानन्कारकट्टी गाविसका अध्यक्ष (तत्कालीन) खुशीलाल यादवले लहान–ठाडी सडक खण्डको मुख्य बजार रहेको जग्गा पत्नीलाई सुकुमबासी बनाएर नामसारी गराएको पाइएको छ ।

२०५८ असार १९ मा सुकुमबासी समस्या सामाधान आयोगको निर्णय बमोजीम ५६९ नम्बरको २ कठ्ठा १० धुरको कित्ता सुशीलादेवी यादवको नाममा आएको देखिन्छ । सुकुम्वासी समस्या सामाधान आयोग सिरहाले सुशीलादेवी लाई दिएको जग्गाधनी दर्ता प्रमाणपुर्जामा  उक्त कित्ता नम्बरको जग्गा सबिक ३०९ नम्बर कित्ताबाट कित्ताकाट भएको नापी कार्यालय लहानले प्रमाणित गरेको छ ।

३०९ नम्बरको १९ कठ्ठा १४ धुर सिमित कित्ता कित्ताकाट गरि ५६९, ५७०, ५७१, ५७२ बनाइएको नापी शाखाले उपलब्ध गराएको श्रेस्तामा उल्लेख छ । मालपोत कार्यालय लहानले दिएको प्रमाणीत प्रतिलिपीमा सखुवानन्कारकट्टी गाउँपालिका १ स्थित कित्ता नम्बर ३०९ को १९ कठ्ठा १४ धुर जग्गा श्री ५ को सरकारको नाममा दर्ता रहेको उल्लेख छ । 

सुकुमबासी समस्या सामाधान आयोग सिरहामा ०५९ साउन १३ गत्ते खुशीलाल मण्डलले २ कठ्ठा जग्गाको १५ सय ६२ रुपैयाँ ५० पैसा बुझाएको नगदी रसिद समेत गाउँपालिकाले उपब्ध गराएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्