आर्सनलको अपराजित यात्रा कायमै



काठमाडौं : आर्सनलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार रातिको खेलमा बर्नमाउथमाथि २–१ गोलको जित निकाल्दै २७ अंकका साथ आर्सनल पाँचौ स्थानमा रहेको छ ।

आर्सनलले एक गोल भने उपहार पाएको थियो । ३० औं मिनेटमा जेफरसन लर्माले बल क्लियर गर्न खोज्दा आफ्नै जाली चुमे पछि उपहार गोलमार्फत आर्सनलले अग्रता बनाएको थियो । जोसुवा किंगले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै बर्नमाउथलाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरी भए पनि दोस्रो हाफमा आर्सनलले १ गोल थप्दै अपराजित यात्रा कायमै राखेको हो । पेरेर इमरिकले गोल गर्दै आर्सनलको जित पक्का गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्