मदिरा विक्रीमा कडा नियम लगाउने सरकारको तयारी



काठमाडौं: सरकारले मदिरा उत्पादन र विक्रीको व्यवस्थापन गर्ने भन्दै नयाँ कानून ल्याउने भएको छ । सरकारले मदिराको विक्री, वितरण, विज्ञापन र उत्पादनमा कडाइ गर्दै नयाँ कानुन बनाउन लागेको हो ।

 

गृह मन्त्रालयले ऐनको मस्यौदा तयार गरिसकेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार यो ऐन लागू भए अबका दिनमा मदिरा बिक्री, वितरण, विज्ञापन, उपभोक्ताको उमेर, विक्रीको परिमाण र उत्पादनमा थप कडाइ हुनेछ ।

 

तयार भएको मस्यौदा अनुसार कुनै पत्रपत्रिकामा मदिराको विज्ञापन छाप्न पाइने छैन । यसअघि टेलिभिजन र रेडियोमा विज्ञापन प्रशारण गर्न रोकिएकोमा अब पत्रपत्रिका, अनलाइन र अन्य कुनै सञ्चारमाध्यममा विज्ञापन छाप्न र प्रवर्द्धन गर्न पाइने छैन । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्